असार १५, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ४ जना र कोशी, गण्डकी तथा बागमतीमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ३५ जना घाइते भएका छन् भने काठमाडौँमा १८ जना घाइते भएका छन् । त्यस्तै कोशीमा ३१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ५ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा ९ जना, सुदूरपश्चिममा ७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।