असार १५, धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलबोटेस्थित कोशी लोकमार्गमा ७७५ केजी गाँजासहित मिनी ट्रक चालक पक्राउ परेका छन् । धनकुटाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४६३५ नम्बरको मिनी ट्रकलाई इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ट्रकको ढालाभित्र आलुको बोराले छोपेको कालो प्लास्टिकमा ७७५ किलो गाँजा बरामद गरिएको हो ।

ट्रक चालक धनकुटा पाख्रीबास नगरपालिका-१ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-१ आँपगाछी बस्ने ३३ वर्षीय परीक्षण कुँवरलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।