• २०८३ जेष्ठ ८ गते शुक्रवार

२४ घण्टामा सबैभन्दा बढी पानी हेटौडामा पर्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । गएको २४ घण्टामा सबैभन्दा बढी पानी मकवानपुरको हेटौडामा (२८ मिलिमिटर) परेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । अहिले पनि झापा, मोरङ, सिन्धुपाल्चोक, नवलपुर लगायतका जिल्लामा हल्का पानी परिरहेको विभागले जनाएको छ ।

विभागले हाल कोशी, बागमती, गण्डकी प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी भू-भागमा आंशिक बादल लागेको छ र बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको जनाएको छ ।

केहि स्थानमा स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित बर्षा हुनसक्ने भएकाले सतर्क रहन बिभागले आग्रह गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस