• २०८३ बैशाख ७ गते सोमवार

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । गत माघ ५ गते मधेस प्रदेशको जनकपुरमा आयोजित कार्यक्रममा देब्रे खुट्टामा लागेको चोटमा सङ्क्रमण (सेलुलाइटिस) भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

लामिछानेको स्वास्थ्यावस्थामा सुधार आएसँगै आज डिस्चार्ज गरिएको हो । अस्पताल भर्ना भएको खबर बाहिरिएसँगै शुभचिन्तकको भिड बढेपछि केहि सुधार हुनासाथ आज उनी डिस्चार्ज भएको उनको सचिवालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस