• २०८३ असार १४ गते आइतवार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ३ को मृत्यु, १०८ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, काठमाडौं ।   पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने १०८ जना घाइते भएका छन् । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली प्रदेशमा २ जना र लुम्बिनीमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०८ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा ४७ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २७ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा १ जना घाइते भएका छन् भने कर्णाली प्रदेशमा २ जना, काठमाडौँ बाहेक बागमती प्रदेशमा ४ जना र सुदूरपश्चिममा ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस