• २०८३ जेष्ठ २ गते शनिवार

शंकर पोखरेलको चेतावनी- प्रतिशोधको राजनीति धेरै महँगो हुन्छ, ओलीलाई रिहा गर !

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिएको प्रति सरकारलाई धेरै महँगो पर्ने चेतावनी दिएका छन् ।

सामाजिक संजालमा लेख्दै महासचिव पोखरेलले पूर्वाग्रह र प्रतिशोधको राजनीति धेरै महँगो हुने भन्दै जिम्मेवार बन्न र ओलीलाई अविलम्ब रिहा गर्न माग गरेका छन् ।

ओली पक्राउ परेपछि एमाले आन्दोलनमा होमिने संकेत गरेको छ । आन्दोलनका कार्यक्रम बारे छलफल गर्न केहीबेरमा सचिवालय बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस