• २०८३ बैशाख ९ गते बुधवार

सरकारी निवास बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् । काठमाडौंको बालुवाटार स्थित सरकारी निवासमा बालेन पुजा गरेर प्रवेश गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले मंगलबार नै निवास छोडेकी थिइन् ।

यसअघि प्रधानमन्त्री शाहले शितलनिवासमा आयोजित समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर पदभार ग्रहण गरेर मन्त्रिपरिषद्को पहिलो बैठक गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस