• २०८३ कार्तिक २२ गते शनिवार

२४ घण्टामा सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ६१ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १०, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । प्राप्त विवरणअनुसार बारा, भक्तपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तुमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक–एक जनाको मृत्यु भएको हो ।

बारामा स्कुटरलाई ट्रकले ठक्कर दिँदा घाइते भएका ३५ वर्षीय चालकको उपचारका क्रममा मृत्यु भएको छ । भक्तपुरमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा घाइते २८ वर्षीय चालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

May be an image of map and text

त्यस्तै, नवलपरासीमा मोटरसाइकल दुर्घटनामा ३२ वर्षीय चालक, रुपन्देहीमा ई–रिक्सा दुर्घटनामा २८ वर्षीय यात्रु तथा कपिलवस्तुमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा ५० वर्षीय चालकको मृत्यु भएको विवरणमा उल्लेख छ ।

दुर्घटनामा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस