• २०८३ बैशाख १८ गते शुक्रवार

बालेन पत्नी सबिना झापा-५ मा चुनावी प्रचारमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, झापा। रास्वपाका वरिष्ठ नेता बालेन शाहकी पत्नी सबिना काफ्ले झापा-५ मा घरदैलो शुरु गरेकी छन् । सबिनाले चुनावी प्रचारमा सक्रिय हुदै झापा- ५ का विभिन्न स्थानमा घरदैलो गरेकी हुन् ।

उनले रास्वपाका कार्यकर्ता तथा झापा–५ का स्थानीय मतदातासँग मत माग्न शुरु गरेकी छन् । बालेन सुदूरपश्चिम तर्फ जाने भएपछि झापा-५ मा सबिनाले चुनावी अभियानलाई निरन्तरता दिएकी छन् ।

यस अघि मनोनयन दर्ता गरेपछि बालेनले झापा-५ मा चुनावी गतिबिधिलाई तिब्रता दिएका थिए । बालेन ताप्लेजुङ, पाँचथर, इलामलगायतका पूर्वी जिल्लाहरुमा पुगेर नेता कार्यकर्ताको उत्साह बढाएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस