मंसिर ९, काठमाडौं । गलकोटका ११ परिवारलाई गलकोट समाजले आर्थिक सहयोग गरेको छ । प्रभावित १० परिवारलाई प्रतिपरिवार रु १० हजार ४१६ का दरले सहयोग गरेको छ भने वीरबहादुर सुनारलाई रु २० हजार ८३२ प्रदान गरिएको छ ।

गलकोट नगरपालिका–८ का भोसबहादुर पुलामी, वडा नं ६ का यमकुमारी सुवेदी, रेशम गिरी र ललित श्रीस, वडा नं ५ की गुमा कार्की तथा वडा नं ३ का होम थापा, वीरबहादुर सुनार, गणेश श्रीस, गजिन्द्र श्रीस, अमर काउचा र भीमबहादुर श्रीसले पनि आर्थिक सहयोग प्राप्त गरेका छन् ।