• २०८३ बैशाख ३० गते बुधवार

आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन  १३, काठमाडौँ । आत्महत्या गर्छु भनेर फेसबुकमा लेख्ने व्यक्तिलाई प्रहरीले उद्दार गरेको छ । महानगरीय प्रहरी वृत्त, महाराजगञ्ज र प्रहरी प्रभाग, बसपार्कको टोलीले झापाको अनारमनी–४ घर भएका सुनिल अग्रवाललाई उद्दार गरेको हो ।
प्रहरीका अनुसार सोमबार बिहान साढे ११ बजे अग्रवालले फेसबुकमा अन्तिम पोष्ट लेखेको घोषणा गर्दै कसैलाई पनि नरिसाउन भनेका थिए ।

उनले भनेका छन, ‘मेरो अन्तिम इच्छा यही हो, कसैसँग केही गुनासो छैन । म आफैं हिम्मत हारिसकेको यो जुनीमा दुःख मात्र भोगेको सायद अर्को जुनीमा दुःख भोग्नु नपरोस्’,यो पोष्टबारे थाहा पाउने वित्तिकै प्रहरीले उनको खोजी थालेको थियो । त्यसक्रममा उनी बसपार्कमा बिजी मल नजिकै रहेको पश्चिम लुम्बिनी गेस्ट हाउसको ३०१ नम्बर कोठामा बसेको खुलेको थियो । लगत्तै उनलाई उद्दार गरेर गोंगबु प्रहरीमा राखेर काउन्सिलिङ थालिएको थियो । त्यसक्रममा उनी डिप्रेसनको शिकार भएको पनि खुलेको थियो ।

प्रहरीका अनुसार अग्रवालको परिवारसँग राम्रो सम्बन्ध थिएन भने विगत ८ महिनादेखि उनी होटलमा बसिरहेका थिए । हाल उनलाई परिवारको जिम्मा लगाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस