• २०८३ बैशाख ३१ गते बिहिवार

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक सुरु, तीनवटा प्रतिवेदनमाथि छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, काठमाडौं । धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा देशभरबाट १९३ सदस्यीय – कुल १९९(मनोनीत हुन बाँकी ६ जना) केन्द्रीय सदस्य उपस्थित भएर बैठक बुधबार दिउँसो पौने २ बजेबाट सुरु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीति सम्बन्धी, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धी, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

प्रस्तुत प्रतिवेदनमाथि बुधबारबाटै छलफल प्रारम्भ हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस