• २०८३ बैशाख ३ गते बिहिवार

राखेपबाट एन्फा तिन महिनाका लागि निलम्बित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाको लागि निलम्बन गरेको छ । राखेपको कार्यकारी समितिको बुधबार बसेको वैठकले राखेपको स्वीकृति नलिई निर्वाचन नगर्न पटक-पटकको निर्देशन पालना नगरेको भन्दै राखेपले सोधेको स्पष्टीकरणपछि कारबाही गर्दै तीन महिनाको लागि निलम्बन गरेको हो ।

राखेपले भएन्फाले आफूलाई स्वायत्त संस्थाको रूपमा परिभाषित गरी परिषद्‌बाट माग गरिएबमोजिम चित्तबुझ्दो जवाफ नदिएको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस