• २०८३ जेष्ठ २८ गते बिहिवार

चेल्सी लिड्ससँग स्तब्ध, बराबरीमा रोकियो लिभरपुल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी पराजित भएको छ । गएराती सम्पन्न खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध भएको हो ।

लिड्सले चेल्सीलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । लिड्सको जितमा जाका बिजोल, आओ टनाका र मोनिक कलभर्ट लेविनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल पेड्रो नेटोले गरेका थिए ।

त्यस्तै गएराती नै सम्पन्न अर्को खेलमा लिभरपुल सन्डरल्याण्डसँग १-१ गोलको बराबरीमा रोकिएको छ । त्यस्तै एस्टन भिल्लाले ब्राइटनलाई ४-३ गोल अन्तरले पराजित गरेको छ भने क्रिस्टल प्यालेसले बर्न्लीलाई १-० गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी नोट्टीङघाम फोरेस्टले वोल्भ्सलाई १-० ले पराजित गरेको छ ।

हारपछि चेल्सीको १४ खेलमा २४ अंक रहेको छ र हाल लिगमा चौथो स्थानमा छ भने लिड्स युनाइटेडको १४ खेलमा १४ अंक भएको छ र १७औं स्थानमा उक्लिएको छ । त्यसैगरी लिभरपुलको १४ खेलमा २२ अंक रहेको छ र हाल लिगमा आठौँ स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस