• २०८३ असार १० गते बुधवार

सुन तोलाको ३६ सयले घट्यो, चाँदीमा पनि गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ३६ सयले घटेर तोलाको २ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०५ रुपैयाँले घटेर तोलाको ४४८५ मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४५९० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस