• २०८३ जेष्ठ ६ गते बुधवार

सरकारले प्रस्तुत गरेको बजेट आम जनतालाई भरोसा दिलाउँने खालको छैन : पूर्व अर्थमन्त्री पौडेल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले प्रस्तुत गरेको बजेटले आम जनतामा कुनै आशा भरोसा नदिने बताएका छन् । सोमवार सरकारले आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग उनले चलनचल्तीका कार्यक्रमहरुको घोषणा बाहेक केहि दिन नसकेको भन्दै आम जनतामा यो बजेटले कुने आशा नजगाउने उनको भनाई छ ।

उनले भने ‘समाधानको दृष्टिकोण पनि दिन सकेन् । चलनचल्तीका कार्यक्रमहरुको घोषणा बाहेक केहि दिन सकेन आम जनतामा यस्ले कुनै आशा भरोसा दिन सक्ने पनि छैन् ।’ उनले जुन मन्दीको अवस्थामा छ त्यसलाई भुलेर त्यसको उचाईबाट समाधान दिन सक्ने हिसाबले बजेट नआएको टिप्पणी गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस