• २०८३ कार्तिक २६ गते बुधवार

लहानमा नास्पातीको बोराभित्र लुकाइएको लागू औषध बरामद, गाडीसहित तीनजना नियन्त्रणमालहानमा नास्पातीको बोराभित्र लुकाइएको लागू औषध बरामद, गाडीसहित तीनजना नियन्त्रणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ७, सिराहा । लहान नगरपालिका–३ नयाँ बस्ती टोलबाट लागू औषध (गाँजा जस्तो देखिने पदार्थ) बोकेको गाडीसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बुधबार साँझ ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार सिराहाको संयुक्त टोलीले उक्त कारबाही गरेको हो ।

श्याम कुमारी साहको घर अगाडि पार्किङ गरिएको बा.२१.च ५८६६ नम्बरको योद्धा पिकअप गाडी शंकास्पद देखिएपछि खानतलासी गर्दा पछाडिको भागमा नास्पातीका क्रेटहरूभित्र लुकाइएको सेतो प्लाष्टिकका बोरामा लागू औषध फेला परेको थियो ।

बरामद सामग्रीमा गाँजा जस्तो देखिने पदार्थ ३१ बोरा (प्लाष्टिकसहित ६५३ के.जी., बोरा र प्लाष्टिक बाहेक ६५२ के.जी.), नास्पातीका ४६ वटा क्रेट (९२० के.जी.) र उक्त पिकअप गाडी समावेश छ ।

नियन्त्रणमा परेकाहरूमा लहान नगरपालिका–३ नयाँ बस्ती टोल निवासी ३८ वर्षीय श्याम कुमारी साह, भारतको बिहार राज्य मधुबनी जिल्लाका मूल घर भई हाल लहान–३ मा बसोबास गर्दै आएका ४० वर्षीय गौरव महतो र निजका १९ वर्षीय छोरा शिवम साह रहेका छन् ।

प्रहरीले पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लहानमा राखेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस