चैत ३०, मोरङ । भारतबाट नेपाल प्रवेश गरेकी एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार भारतको जोगवनी हुँदै विराटनगर प्रवेश गरेकी ४५ वर्षीय महिलाको एन्डीजेन परीक्षण गर्दा कोरोना सङ्क्रमणा देखिएको हो ।
उनको रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गरेका थिए । महिलामा कोरोना पुष्टि भएको विषयमा प्रदेश १ को सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीले बताए ।
भारतको जोगवनीबाट विराटनगरको रानी नाका हुँदै आइतबार पाँच महिला र १४ पुरुष गरेर १९ जना नेपाल भित्रिएका थिए । तीमध्ये एक महिलामा संक्रमण पुष्टि भएको हो ।