• २०८३ असार ९ गते मङ्गलवार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ९, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १६ सयले घटेर तोलाको २ लाख ८७ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ८८ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १४० रुपैयाँले घटेर तोलाको ४५९० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४७३० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस