• २०८३ जेष्ठ १७ गते आइतवार

रहेनन् खप्तड छेडेदह–६ का वडाध्यक्ष विष्ट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १०, बाजुरा। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित हुनुहुन्थ्यो ।

गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस