• २०८३ असोज ६ गते मङ्गलवार

एमाले केन्द्रीय कमिटी बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ६,काठमाडौं ।  एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक मंगलबार सुरु भएको छ । आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने छ । एमाले बैठकको कार्यसूचीमाथि नेताहरुले आपत्ति जनाएपछि बुधबार विहान सचिवालय बैठक बस्ने र बिहीबारमात्रै केन्द्रीय कमिटी बैठक अन्त्य गरिने भएको हो ।

 

केन्द्रीय कार्यालयस्रोतका अनुसार बिहीबार बिहान सचिवालय बैठकले कार्यसूची अनुमोदन गरेपछि दिउँसो १ बजेदेखि केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ ।
बैठकमा प्रस्तुत हुने प्रतिवेदनमाथि सबैको भनाइ राख्न समय दिइने र बिहीबार बेलुकीसम्म बैठक समापन गर्ने तयारी छ ।

Sharing

प्रतिक्रिया दिनुहोस