असार ८, सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका १, सत्र नम्बरस्थित कोशी नदी किनारबाट बेवारिसे अवस्थामा राखिएको १६८ केजी गाँजा बरामद गरिएको छ ।

प्रहरीले ट्युब र बाँसको सहायताले राखिएको अवस्थामा ९ वटा प्लास्टिकका बोरामा गाँजा फेला परेको जनाएको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।