जेठ ८, काठमाडौं । कालंगा हाइड्रोले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ । कम्पनीले जारी पुँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात् ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँट गरिसकेको छ। कम्पनीले बाँकी सेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ५ हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गरेको हो ।

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । जेठ १३ सम्म मागभन्दा कम आवेदन परेमा आवेदन अवधि जेठ २२ गतेसम्म थप हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।