भाद्र २८, काठमाडौं । तारकेश्वर नगरपालिकामा हालसम्म २६० जनालाई कोरोना संक्रमण भएको छ । आज आईतबार नगरपालिकाद्धारा विवरण सार्वजनिक गरि सबै वडाको जानकारी दिईएको हो ।
भाद्र २८ गते सम्म तारकेश्वर नगरपालिकाको विभिन्न वडामा कोरोनाको स्थिति यस प्रकार रहेको छ :
तारकेश्वर नगरपालिका वडा नं.१ सांगलामा हाल संक्रमितको सख्या ८, निको भएको जम्मा संख्या ३, वडा नं.२ मा जम्मा संक्रमितको संख्या १३ र निको भएको संख्या जम्मा ३, वडा नं. ३ जितपुरफेदीमा संक्रमित भएको संख्या जम्मा ७ जना र निको भएको संख्या ०, वडा नं.४ मा संक्रमित सख्या जम्मा २४ जना र निको भएको जम्मा ६ जना, त्यस्तै वडा नं.५ गोलढुंगामा जम्मा संक्रमित संख्या १९ जना र निको भएको संख्या १४ जना, त्यस्तै वडा नं.६ धर्मस्थलीमा संक्रमित भएको संख्या जम्मा १६ जना र निको भएको संख्या ०, वडा नं.७ फुटुङ्गमा संक्रमितको संख्या जम्मा ३ जना र निको भएको संख्या ० , त्यस्तै वडा नं.८ मा जम्मा संक्रमितको संख्या २५ जना र निको भएको संख्या जम्मा ६ जना, मृत्यु भएको संख्या जम्मा १ जना, वडा नं.९मा जम्मा संक्रमितको सख्या ३० जना र निको भएको संख्या ४ जना, वडा नं.१० मा संक्रमितको संख्या जम्मा ७३ जना र निको भएको संख्या जम्मा २३ जना, त्यस्तै वडा नं.११ नेपालटारमा संक्रमितको संख्या जम्मा ४२ र निको भएको संख्या ११ जना, यसमा मृत्यु भएको संख्या जम्मा १ जना रहेको छ ।
यसर तारकेश्वर नगरपालिका अन्तर्गत हाल सम्म जम्मा कोरोना संक्रमितको संख्या २६० जना, निको भएको संख्या जम्मा ७० जना, मृत्यु भएको संख्या जम्मा २ जना रहेको नगरपालिकाले जनाएको छ । हाल संक्रमितको जम्मा संंख्या जम्मा १८८ जना मध्येमा पुरुष संक्रमितको संख्या १०२ र महिलाको संख्या जम्मा ८६ जना रहेको छ । यसैगरी होम आइसोलेसनमा १३२ जना रहेका छन भने अस्पत्तालको आइसोलेसनमा जम्मा ३३ जना, कोभिड सेन्टरमा जम्मा २१ जना, होटेल आइसोलेसनमा जम्मा १ जना र नट रिच्ड १ जना रहेको व्यहोरा जानकारीमा आएको छ ।हालसम्म यस नगरपालिकामा पिसिआर गरेको जम्मा संख्या ११२४ जना रहेको छ भने कन्ट्याक्ट टे्सिङ्ग पोजिटिभ रहेको संख्या १०४ जना रहेको छ ।
