• २०८३ बैशाख ९ गते बुधवार

निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लाग्छ- प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ९, काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालका कम्युनिष्ट आन्दोलनको पुनर्गठनको समय आएको बताएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले अब नेपालको कम्युनिष्ट आन्दोलनको पुनर्गठन गर्ने समय आएको बताएका छन् ।

उनले चुनावको हारबाट आफु निराश नभएको बताउदै आफु नजिक निराश कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो भन्ने लागेको बताए । उनले भए- ‘मलाई आजकल निराशाको कुरा गर्ने मानिस मेरो नजिक नआए हुन्थ्यो जस्तो लाग्छ । तपाइँ हामीले सोचे भन्दा छिटो कम्युनिष्टको जन लहर आउनेवालाछ ।’

उनले सरकारको अवस्था देखेको भन्दै एकै उमेर समुहले मात्र चलाउन नसकिने दाबि गरे । उनले नेपो बेबी र नेपो किड्स भनेको पनि देखिएको भन्दै राम्रो दिन छिट्टै आउने बनाए ।

प्रचण्डले जनताले हामीलाई बहिष्कार होइन सबक सिकाएको बताउदै देशका लागि लडेको जनताले नबिर्सिएको बताए । उनले आफुहरु गणतन्त्रको लागि नलडेको भए अहिले सरकारमा आउने अवस्था बन्थ्यो भन्दै आफुहरुको योगदान नबिर्सिन सरकारलाई चेतावनी समेत दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस