• २०८२ जेष्ठ ३२ गते शनिवार

हिरासत कक्षबाट फरार भएका चोरी मुद्धाका प्रतिवादी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौं हिरासत कक्षबाट फरार भएका चोरी मुद्दाका प्रतिवादी काठमाडौं टोखा बस्ने मकवानपुर थाहा नगरपालिका सिस्नेरी-६ घर भएका २१ वर्षीय सुकुलाल वाईवालाई सोमबार बिहान प्रहरीले पुन पक्राउ गरेको छ ।

साउन २५ गते बिहान महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासत कक्षको झ्यालको रड ह्याक्सो ब्लेडले काटेर फरार भएका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बौद्ध दक्षिण ढोकाबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस