• २०८३ जेष्ठ २३ गते शनिवार

मकवानपुरको मनहरीमा बस दुर्घटना हुँदा २२ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १०, मकवानपुर। पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना हुदाँ २२ जना यात्रु घाइते भएका छन् । मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा आइतबार बिहान वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको बाप्र ०६-००१ख ००५४ नम्बरको यात्रुवाहक बस दुर्घटना भएका हो ।

मकवानपुर जिल्ला प्रहरी कार्यालयका अनुशार बस अनियन्त्रित भएर सडकको बायाँ साइडको विद्युत पोलमा ठोक्किँँदा बसमा सवार २२ जना यात्रु घाइते भएका हुन् । सबै घाइतेलाई उपचारका लागि चितवन अस्पताल पठाइएको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस