- भदौ २४,गुल्मी । प्रदेश ५ मा छुटाछुटै घटनामा दुई महिलाको शव फेला परेको छ । प्रदेश प्रहरी कार्यालय दाङका अनुसार गुल्मी र रोल्पामा महिलाको शव फेला परेको हो ।गुल्मीको चन्द्रकोट गाउँपालिका बडिगाड खोलाको किनारमा महिलाको शव फेला परेको छ । खोलाको किनारमा नामथर नखुलेकी अन्दाजी ३० बर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

- यस्तै रोल्पा जिल्लाको रोल्पा न.पा.१० धाङसी खोलाको बिचमा स्थानीय बर्ष ५९ की मनकला बिकको शव फेला परेको प्रहरीले जनाएको छ । घरबाट कोही कसैलाई जानकारी नगराई हिँडेकी उनी मृत फेला परेकी हुन् ।घटनाबारे पनि अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय दाडले जनाएको छ ।