• २०८३ जेष्ठ ७ गते बिहिवार

नवलपरासी पश्चिम- २ मा थापा बने काँग्रेसका आधिकारिक उम्मेदवार, कँडेलको उम्मेदवारी रद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । नवलपरासी पश्चिम- २ मा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका पूर्वगृहराज्यमन्त्री तथा कांग्रेसनेता देवेन्द्रराज कँडेलको उम्मेदवारी अस्वीकृत भएको छ । माघ ६ गते काँग्रेसबाट कँडेल र लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापाले उम्मेदवारी दर्ता गरेपछि विवाद भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासी पश्चिमले थापालाई कांग्रेसको आधिकारिक उम्मेदवार कायम गर्दै कँडेलको उम्मेदवारी अस्वीकृत गरेको हो । आयोगले थापाले पहिला उम्मेदवारी दर्ता गरेको भन्दै उनको उम्मेदवारी कायम गरेको छ ।

गत निर्वाचनमा यस क्षेत्रबाट राप्रपाका ध्रुबबहादुर प्रधानले जित हासिल गरेका थिए । प्रधानले काँग्रेसका कँडेललाई १५ हजारभन्दा बढी मत अन्तरले पराजित गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस