• २०८३ बैशाख ४ गते शुक्रवार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १६, विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । प्रतिस्पर्धी विनोद ढकाललाई ७३ भोटले हराउँदै खतिवडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

खतिवडाले ५१२ मत ल्याउँदा ढकाल ४३९ मतमा रोकिए । एमाले कोशी अधिवेशनमा कूल ९९७ प्रतिनिधिमध्ये ९७७ मत खसेको थियो । प्रदेश सचिवमा राजकुमार भण्डारी र उपसचिवमा जलवर्षा राजवंशी साथै देवान राई विजयी भए ।

उपाध्यक्षमा टिकाराम चेम्जोङ सर्वसम्मत निर्वाचित भए । सचिवमा राजकुमार भण्डारी उपसचिवमा देवान राई र जलबर्षा राजवङ्शी विजयी भइन् ।

अध्यक्ष
विनोद ढकाल : ४३०
घनश्याम खतिवडा : ५१२

सचिव
शैलेस लामा: ३८१
राजकुमार भण्डारी: ५२४

उपसचिव
देवान राई: ६१०
जलवर्षा राजवंशी: ६२८

मजदुर क्लष्टर
१, भीमज्वाला राई:६१४ (विजयी)
२, अम्बिर लिङ्देन :५२२(विजयी)
३, किशोर धमला: ४४६(विजयी)

मजदुर महिला (२जना)

१.निर्मला परियार :५६८ (विजयी)
२. डोमा राई : ५३३ (विजयी)

Sharing

प्रतिक्रिया दिनुहोस