• २०८३ बैशाख ८ गते मङ्गलवार

अलराउन्डर सन्तोष यादवको नेपालको राष्ट्रिय टी- २० टिममा डेब्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, काठमाडौं । पीएम कपमा राम्रो प्रदर्शन गरेका युवा अलराउन्डर सन्तोष यादवले नेपालको राष्ट्रिय टी- २० टिमबाट डेब्यु गर्ने भएका छन् । नेपाल र युएईबीचको आज हुने दोस्रो खेलमा डेब्यु गर्ने भएका हुन् ।‌ सन्तोषलाई वार्मअपका क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले डेब्यु क्याप दिएका छन् ।

उनले पिएम कपमा २१ विकेट लिएका थिए भने उत्कृष्ट ब्याटिंग गर्दै २६५ रन समेत बनाएका यादव प्लेयर अफ द सिरिज बनेका थिए ।

सन्तोष नेपालबाट टी- २० खेल्ने ५५औं खेलाडी बनेका छन् । यसअघि सोमबार पहिलो खेलमा हेमन्त धामीले टी-२० मा डेब्यु गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस