• २०८३ असोज ४ गते आइतवार

तिब्बत पहिरो: ४३ जनाको मृत्यु पुष्टि, ५१९ जना अझै बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ४, काठमाडौं ।  चीनको दक्षिण-पश्चिममा रहेको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ काउन्टीमा गत अगस्ट २६ मा गएको भीषण पहिरोपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। प्राप्त पछिल्लो विवरण अनुसार पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेका छन्।

व्यापक रूपमा भइरहेको खोजी तथा उद्धार प्रयासका क्रममा दुई जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ। प्रभावित क्षेत्रमा २३ वटा विभिन्न देशका २६१ जना विदेशी नागरिकहरू समेत परेको र उनीहरूको स्थिति अझै अज्ञात रहेको बताइएको छ।

घटनापछि चीन सरकारले उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ। सुरुङभित्र खोज तथा उद्धार गर्न विशेष दक्षता हासिल गरेका विशेषज्ञ, डीएनए परीक्षण विज्ञ तथा आपत्कालीन उद्धार सामग्रीहरू नेपालतर्फ परिचालन गरिएको छ।

यसै गरी यातायात तथा पहुँच मार्ग सहज बनाउन चीनले ३२० टन बराबरको ‘बेली ब्रिज’ का पाटपुर्जाका साथै अन्य ठूलो मात्रामा राहत सामग्री उपलब्ध गराएको छ। प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी छ।

Sharing

प्रतिक्रिया दिनुहोस