भदौ ४, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले राष्ट्रपति भवनमा शिष्टाचार बिदाइ भेट गरेकी छन् ।

भेटमा नेपाल र युरोपेली संघबीचको द्विपक्षीय सम्बन्ध तथा आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत लोरेन्जोलाई बधाई तथा शुभकामना दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।