• २०८३ बैशाख २८ गते सोमवार

भुपदेव साह रास्वपाको महामन्त्रीमा मनोनित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  महामन्त्रीमा भुपदेव साहलाई मनोनित गरेको छ । आज बसेको केन्द्रिय समितिको बैठकले शाहलाई महामन्त्रीमा मनोनित गरेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

त्यस्तै आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिता श्री ज्ञवालीलाई मनोनित गरेको छ । बैठकले रास्वपाको लेवी परिमार्जन गर्ने सचिवालयको बैठकको निर्णय अनुमोदन गरेको छ ।

जस अनुसार सांसदबाट १५ हजार, मन्त्रीबाट १८ हजार र स्वकीय सचिवबाट २ हजार मासिक लिने निर्णय गरेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस