• २०८३ बैशाख ७ गते सोमवार

रौतहट १ मा पूर्वप्रधानमन्त्री नेपाल र एमालेका गुप्तासहितका उम्मेदवारद्वारा मनोनयन दर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ ६,  रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा मुख्य राजनीतिक दलका उम्मेदवारहरूले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । मंगलबार गौरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेकपा एमालेका अजयकुमार गुप्तासहितका नेताहरूले उम्मेदवारी दर्ता गराएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधवकुमार नेपालले पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको ठुलो ¥यालीसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन पत्र बुझाउएका छन। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले देशको आर्थिक–सामाजिक रूपान्तरण र प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षाका लागि आफूले उम्मेदवारी दिएको बताए । नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले पनि दलबलसहित उम्मेदवारी दर्ता गराएका छन । उनले यस क्षेत्रको समग्र विकासका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन ।

यस्तै, नेपाल सद्भावना पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका अनिल कुमार झाले पनि कांग्रेसको तर्फबाट मनोनयन दर्ता गराएका छन। लोकतान्त्रिक आन्दोलनमा कांग्रेसको भूमिका अतुलनीय रहेकाले आफू कांग्रेसबाट चुनावी मैदानमा उत्रिएको झाले बताए।सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजेश चौधरी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का साझा उम्मेदवारका रूपमा योगेन्द्र यादव तथा जनमत पार्टीबाट देवेन्द्र मिश्रले पनि उम्मेदवारी दर्ता गराएका छन ।निर्वाचन कार्यक्रमअनुसार अब उम्मेदवारहरू प्रचारप्रसारमा केन्द्रित हुनेछन्।

Sharing

प्रतिक्रिया दिनुहोस