• २०८३ जेष्ठ २१ गते बिहिवार

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७० करोडको कारोबार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २१, काठमाडौँ । नेप्से आज दोहोरो अंकले घटेको छ । आज विहिबार नेप्से १३.४६ अंकले घटेर २७६६.७८ विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड ६ लाख १७ हजार ४८३ कित्ता शेयर ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९४४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने न्यादी हाइड्रोको शेयर ९.१६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिद्धार्थ बैंकको डिभेन्चरको शेयर १०.४८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एभरेष्ट बैंकको ३४ करोड बराबर कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको ३२ करोड ५ लाख बराबरको कारोबार भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस