• २०८३ असार ५ गते शुक्रवार

जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, बर्दिया । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गेरूवा गाउँपालिका-१ भटेरा बस्ने १९ वर्षीय महेन्द्र जैशीलाई प्रहरीले पक्राउ गरेको छ ।

महेन्द्रले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस