• २०८३ असार १० गते बुधवार

कञ्चनपुरमा लागुऔषध सहित दुइ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २७, कञ्चनपुर । कञ्चनपुर प्रहरीले लागुऔषध सहित दुइ जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा कत्तचनपुरको शुल्लाफाँटाका  प्रकाश ठगुन्ना र  राम चन्द्र भाट रहेका छन्।

उनीहरुको साथबाट प्रेगास्टर–ट्याव्लेट–१४,कफट्याब–डि ट्याबलेट–८७, नाइट्रोभेट–ट्याबलेट– १०, खैरो धुलो पदार्थ–२.०२ग्राम, चरेश जस्तो देखिने कालो पदार्थ ३.५ आना बरामद गरिएको छ । उनीहरुलाई जिल्लाको लालझाडी गाउँपालिका ६ चानदेवमा नम्बर ७ म.१ प.५८९६ नम्बरको होण्डा साईन मोटरसाइकल रोकी चेकजाच गर्ने क्रममा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस