• २०८३ असार ४ गते बिहिवार

रास्वपाको सचिवालय बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ४, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा आगामी महाधिवेशनको तयारी, विधान संशोधन तथा महाधिवेशन कार्यविधिलगायत विषयमा छलफल भइरहेको छ ।

रास्वपाले असार ७, ८ र ९ गतेसम्म चितवनमा आफ्नो प्रथम महाधिवेशन गर्ने तयारी गरेको छ । महाधिवेशनलाई व्यवस्थित र सफल बनाउन आवश्यक निर्णयहरू सचिवालय बैठकमार्फत अघि बढाइने बताइएको छ ।

महाधिवेशन अघि रास्वपा अधिकांश जिल्ला र स्थानीय तहमा अधिवेशन सकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस