• २०८३ जेष्ठ ४ गते सोमवार

केन्द्रीय कारागारबाट फरार सपना तामाङ पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । अपहरण तथा शरीर बन्धक, कर्तव्य ज्यान र डाँका चोरी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी नुवाकोट किस्पाङ गाउँपालिका-१३ बस्ने २५ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत रसुवाबाट उक्त मुद्दामा जन्म कैद सजाय फैसला भई केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवलस्थित महिला बन्दी सुधार गृहमा दाखिला भई कैद भुक्तान गरिरहेकी उनी गत शुक्रबार राति कारागार कार्यालयको महिला बन्दी सुधार गृहको कम्पाउण्डको पछाडी पट्टिको पर्खाल नाघी फरार भएकी थिइन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र नेपाल प्रहरी अनाश्रित गुल्म जगनाथदेवल सुन्धारा समेतको सहयोगमा उनलाई काठमाडौं असन चोकबाट पक्राउ गरेको हो ।

साथै उनलाई कारागारबाट भागे पश्चात लुकाई छिपाई राख्न सहयोग गर्ने काठमाडौं असन बस्ने भोजपुर, भोजपुर नगरपालिका-११ घर भएका ५५ वर्षीय मिन कुमार श्रेष्ठ र २७ वर्षीय समिर भन्ने सुवास श्रेष्ठलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ मध्ये सपनालाई कैद भुक्तानको लागि केन्द्रिय कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ भने मिन कुमार र सुवासलाई आवश्यक अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त जनसेवा पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस