• २०८३ जेष्ठ ४ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा रामेछापबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, रामेछाप । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप नगरपालिका-१ गोठगाउँ खुर्पाती टोल बस्ने २१ वर्षीय बिक्रम भुजेललाई प्रहरीले पक्राउ गरेको छ ।

बिक्रमले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी साँघुटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस