• २०८३ बैशाख ५ गते शनिवार

आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुमाथि दिल्ली ६ विकेटले विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ५, काठमाडौं । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले पराजित गरेको छ । बैंगलुरुले दिएको १७६ रनको लक्ष्य पछाएको दिल्लीले १९.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

दिल्लीका लागि ट्रीसटान स्टब्सले अविजित ६० रन बनाएका थिए भने केएल राहुलले ५७ रनको योगदान दिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको रोयल च्यालेन्जर्स बैंगलुरुले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो ।

बैंगलुरुका लागिफिल साल्टले ६३, टिम डेविडले २६ रन बनाएका थिए । त्यस्तै दिल्लीका बलर लुंगी एन्गीडी, कुलदीप यादव र अक्सर पटेलले २-२ विकेट लिएका थिए ।

यो जितपछि दिल्लीको ५ खेलमा ६ अंक भएको छ भने बैंगलुरुको ६ खेलमा ८ अंक रहको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस