• २०८३ असार ३ गते बुधवार

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं ।  नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको १२ सयले घटेर तोलाको २ लाख ९७ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको ४९८० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ४९९० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस