• २०८३ साउन ३१ गते आइतवार

देउवा पक्षको भेला सम्पन्न, शशांकले नै समुहलाई संयोजन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउज ३१, काठमाडौँ ।   नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारी शेरबहादुर देउवाको निर्देशनमा पूर्वमहामन्त्री डा. शशांक कोइरालाले संयोजन गर्ने निर्णय गरेको छ । तीनदिने राष्ट्रिय भेला समापन गर्दै संस्थापनइतर पक्षले १५औँ महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले समन्वय गर्ने निर्णय गरेको हो ।

निर्णयमा १५औँ महाधिवेशनसम्म नियमित क्रियाकलाप सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलन आयोजक समितिका संयोजकले नै संयोजन गर्दै जाने उल्लेख गरिएको छ ।

शनिबार भएको बन्दसत्रमा राजनीतिक, आर्थिक, सदस्यता तथा पार्टी संरचनासम्बन्धी विभिन्न प्रस्ताव र प्रतिवेदन प्रस्तुत भएका थिए । नेता विमलेन्द्र निधि, पूर्वअर्थमन्त्री प्रकाशशरण महत, उमाकान्त चौधरी, रमेश लेखक र एनपी साउदले सम्बन्धित प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बन्दसत्रमा प्रस्तुत सबै प्रतिवेदन सुझावसहित पारित भएका छन् ।

समापन समारोहलाई सम्बोधन गर्दै देउवाले आफुले विशेष महाधिवेशन नमान्ने तर अदालतको आदेशलाई स्वीकार गर्ने बताएका थिए । उनले सो अवसरमा आफु हिन्दु भएको भन्दै बौद्ध धर्मप्रति पनि ठुलो सम्मान रहेको बताएका थिए । भेलामा देउवाले धर्मको कुरा गरेर काँग्रेस अब हिन्दु धर्मको पक्षमा जाने संकेत गरेको विश्लेषण गरिएको छ ।

योसँगै शुक्रबार उद्घाटन गरिएको भेला आज समापन भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस