• २०८३ भाद्र ७ गते आइतवार

स्थायी कमिटी बैठकअघि ओली र प्रचण्डबीच वार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा०का अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री निवास बालुवाटारमा दुई जना अध्यक्षबीच ‘वान टु वान’ संवाद भएको हो ।

दुई अध्यक्षबीचको छलफलपछि नेकपा स्थायी कमिटी बैठक बस्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिनुभयो । आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ । ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि क्रुद्ध बनेका दाहालले मंगलबारै तत्काल फिर्ता लिन भन्नुभएको थियो । संवैधानिक परिषदका सदस्य तथा सभामखु अग्‍नि सापकोटा बैठकमा नगएर गणपूरक संख्या पुग्न नसकेको अवस्थामा ओलीले मंगलबारको मन्त्रिपरिषदबाट सिफारिस गराएर राष्ट्रपतिबाट अध्यादेश जारी गराउनुभएको थियो ।

गत मंसिर २१ गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक २८ गते बसेर शोक प्रस्ताव पारित गर्दै आजसम्मलाई रोकिएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस