• २०८३ साउन ३१ गते आइतवार

इन्डोनेसिया भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउज ३१, काठमाडौँ ।   इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको ७.७ रेक्टर स्केलको शक्तिशाली भूकम्प र त्यसपछि आएका पटक-पटकका परकम्पबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले विगतमा विनाशकारी भूकम्पको पीडा भोगेकाले यस्ता प्राकृतिक विपत्तिबाट हुने दुःख र क्षतिलाई गहिरोसँग बुझेको जनाएको छ । मन्त्रालयले यस कठिन घडीमा इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता र सहानुभूति व्यक्त गरेको छ ।

नेपाल सरकार र नेपाली जनताले भूकम्पमा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै, प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहत सुनिश्चित होस् र उनीहरूको यथाशीघ्र पुनःस्थापना होस् भन्ने कामना मन्त्रालयले गरेको छ ।

इन्डोनेसियाको फ्लोरेस टापुमा शनिबार बिहान गएको भूकम्प जाँदा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस