• २०८३ बैशाख ३ गते बिहिवार

परराष्ट्रमन्त्री खनालसँग साउदी अरेबियाका राजदूतको शिष्टाचार भेट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ३, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद ए मनिखरले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच दुई देशबीचको सहकार्य र समन्वयलाई अझ विस्तार गर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

साथै भेटमा नेपालका विभिन्न परियोजनाहरूमा साउदी लगानी आकर्षित गर्ने र वृद्धि गर्ने विषयमा पनि विचार–विमर्श भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस