• २०८३ जेष्ठ २८ गते बिहिवार

धरानका मेयरले हर्क साम्पाङ द्वारा दुर्गा प्रसाईंलाई ढुंगा बोक्न निम्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४ , काठमाडौं । धरानका मेयर हर्क साम्पाङले दुर्गा प्रसाईंलाई ढुंगा बोक्न बोलाएका छन् । सोमबार सामाजिक सन्जाल फेसबुक मार्फत उनले प्रसाईंलाई ढुंगा बोक्न निम्ता दिएका हुन् ।

उनले माटोले रगत होइन पसिना मागेको हो भन्दै प्रसाईंलाई मिलेर देश बनाँउ भन्दै बोलाएका हुन् । मेयर साम्पाङ लेख्छन्, ‘दुर्गा प्रसाईं जी…अब यो देशमा आन्दोलन होइन श्रम संस्कृतिको खाँचो छ । माटोले रगत होइन पसिना मागेको छ ।

म त हरघडि माटोसँग बात मार्छु । तपाई पनि ढुगां बोक्न आउनु है । मिलेर देश बनाऔँ,’ ।

Sharing

प्रतिक्रिया दिनुहोस