• २०८३ जेष्ठ २२ गते शुक्रवार

एमालेले तोक्यो ७ प्रदेशका इन्चार्ज, कुन प्रदेशमा को ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर २६, काठमाडौँ । नेकपा (एमाले) को आज भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पार्टीका सात वटै प्रदेशका इन्चार्ज तोकेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश इन्चार्जहरु तोकेको एक नेताले जानकारी दिए ।

 

प्रदेश १ को इन्चार्जमा देवराज घिमिरे छन् भने २ मा रघुवीर महासेठ, बागमतीमा काशीनाथ अधिकारी छन्। यस्तै गण्डकीको इन्चार्जमा पद्‍मा अर्याल, लुम्बिनीमा छविलाल विश्वकर्मा, कर्णालीमा यमलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट तोकिएका छन् ।

बैठकले आउँदो पुस २३ गते सबै जिल्ला र माघ ८ गते प्रदेश अधिवेशन गर्ने र आउँदो फागुनभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्न निर्णय पनि गरेको छ । एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले तोकिएका सबै कार्यसूचीमा छलफल भएर सफलतापूर्वक बैठक सकिएकाले अब सिङ्गो पार्टीको ध्यान देशव्यापी परिचालन गरी आगामी निर्वाचनमा बहुमत ल्याउनेतर्फ केन्द्रित हुने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस