• २०८३ जेष्ठ १ गते शुक्रवार

सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेटवार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे । उनले नेपालको विकास, पूर्वाधार, शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने अपेक्षा राखेको उनको सचिवालयले जनाएको छ ।

राजदूत माएदा तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस